9851240117

hurpes@gmail.com

Home

About us

Others

१९ औँ लोकतन्त्र दिवस

Event date:

2025-04-24

१९ औँ लोकतन्त्र दिवसका अवसरमा २०८२ वैशाख ११ गते शान्ति समाजले देशव्यापी कार्यक्रम गर्दैछ । 

लोकतन्त्र दिवस– ११ वैशाख

२०६२/६३ मा नेपालमा भएको असाधारण, अहिंसात्मक एवं अभूतपूर्व जनआन्दोलनको परिणाम स्वरूप शान्तिपूर्ण माध्यमबाट ऐतिहासिक परिवर्तन सम्भव भएको हो । लोकतन्त्र र शान्तिलाई केन्द्रविन्दुमा राखी भएको सो जनआन्दोलनको बलमा त्यसको दुई वर्षपछि नेपालबाट विधिवत रूपमा राजतन्त्रको उन्मुलन भएको थियो । हिंसाबाट होइन, अहिंसात्मक आन्दोलनबाटै परिवर्तन सम्भव छ भन्ने इतिहास बनाएको सो जनआन्दोलनको सफलता पश्चात नै नेपालमा शान्ति प्रक्रियाले गति प्राप्त गरेको थियो । उक्त ऐतिहासिक जनआन्दोलन व्यापक हुँदै जाँदा २०६३ वैशाख ८ गते तत्कालीन राजाले गरेको शाही घोषणालाई नेपाली जनताले खारेज गरिदिएका थिए । शाही सत्ताको दमन बढ्दै जाँदा आन्दोलन झनै व्यापक भएको थियो । जनआन्दोलनका दौरान जीवन हत्केलामा राखेर देशभरी दसौँै लाख नागरिकहरू आन्दोलनमा उत्रिएका थिए । तत्पश्चात २०६३ वैशाख ११ गतेको शाही घोषणालाई राजतन्त्रले आत्मसमर्पण गरेको रूपमा बुझिन्छ । त्यो ऐतिहासिक जनआन्दोलनको उत्कर्ष अर्थात २०६३ वैशाख ११ गते, शाही सत्ता गलेको दिनलाई नै लोकतन्त्र दिवसका रूपमा मनाइन्छ । उक्त जनआन्दोलन सफलताको श्रेय ती लाखौँ नागरिकहरूलाई जान्छ जसले ज्यानको परवाह नगरी निरन्तर सडकमा उत्रिएर शाही सत्तालाई घुँडा टेकाउन वाध्य पारेका थिए । २०६२÷६३ को जनआन्दोलनमा शहादत प्राप्त गर्ने दुई दर्जन बढी शहीदहरूप्रति शान्ति समाज हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र जनआन्दोलनका घाइतेहरूप्रति पुनः उच्च सम्मान व्यक्त गर्दछ ।

इतिहासमा कुनै कालखण्ड यस्तो पनि हुन्छ जहाँ राजनीतिक समाजलाई डो¥याउने काम नागरिक समाजले गरेको देखिन्छ । जस्तो नेपालमा २०६२÷६३ को जनआन्दोलनको पृष्ठभूमि निर्माण गर्ने र आन्दोलनलाई उचाइमा पु¥याउने कार्य “लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन”ले गरेको थियो जसको नेतृत्व डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गर्नुभएको थियो ।  राजनीतिक दलहरू निस्तेज भएको बेला २०६२ साउन १० गते काठमाडौँको रत्नपार्कमा निषेधित क्षेत्र तोड्दै सुरू भएको नागरिक आन्दोलनले हजारौँको सहभागितामा काठमाडाँैसहित विभिन्न जिल्लामा दर्जनौँ वृहत नागरिक सभाहरू आयोजना गरेको थियो । यथार्थमा २०६२ साउनदेखि लोकतान्त्रिक आन्दोलनको नेतृत्व नै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले गरेको थियो । शान्ति र लोकतन्त्र त्यसमा पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा नागरिक आन्दोलनको अडान र उर्लदो जनसमर्थन र त्यसबाट उत्पन्न दबाब र प्रभाव प्रमुख राजनीतिक दलहरूमा परेको थियो । यसै सिलसिलामा २०६२ मङ्सिर ७ गते नेपाली काँग्रेस,  नेकपा एमाले लगायत सात राजनीतिक दलहरू र नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भएको थियो जुन नेपालको राजनीतिक र शान्ति प्रक्रियामा कोशेढुङ्गो थियो । त्यसैको परिणाम स्वरूप २०६२ चैत अन्तिम साताबाट एकीकृत जनआन्दोलन सुरू भएको थियो । मूलतः सात राजनीतिक दलहरूको आह्वानमा भएको

उक्त जनआन्दोलनमा सात राजनीतिक दल, ने.क.पा.(माओवादी), लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनसहित नागरिक समाजको योगदान रहेको थियो ।

स्मरणीय छ, २०६१ माघ १९ को शाही घोषणाको विरोधमा सङ्कटकाल, निषेधाज्ञाको समेत परवाह नगरी २०६१ माघ २८ गते शान्ति समाजले काठमाडौँको पुतलीसडकमा शाही सत्ताको विरोधमा प्रदर्शन गरेको थियो । त्यस क्रममा शान्ति समाजका सदस्यहरूसहित ११ जना गिरफ्तार भएका थिए । त्यसको एक दिन अगाडि नै २०६१ माघ २७ गते शाही सत्ताले समाजका संस्थापक सभापति कृष्ण पहाडीलाई शान्ति समाजको केन्द्रीय कार्यालय कालिकास्थानबाट गिरफ्तार गरेको थियो । व्यापक अन्तर्राष्ट्रिय दबाबका कारण २०६२ असार २० गते पहाडीलाई शाही सत्ताले रिहा गरेको थियो भने त्यसको तीन सातापछि लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको जन्म भएको थियो ।

२०६२÷६३ को ऐतिहासिक, जनआन्दोलनको पृष्ठभूमिमा योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले लोकतन्त्रको प्राण नै सुशासन भएको हुँदा सुशासनमा केन्द्रित रही लोकतन्त्र दिवस मनाउदै आएको छ । २०८१ वैशाख ११ गते अठाराँै लोकतन्त्र दिवस मनाइएको थियो ।

--

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links