9851240117
hurpes@gmail.com
२७ औँ राष्ट्रिय परिषद् बैठक-प्रवाहित हुने सामग्री र तालिका
Event date:
2025-01-29
२०८१ माघमा हुने मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद् बैठकमा प्रवाहित हुने सामग्री र तालिका यस प्रकार छः
१ रा.प.बैठक मितिः आतिथेय शाखाहरु चितवन र नवलपुरबाट प्राप्त सिफारिस अनुसार २७ औँ राष्ट्रिय परिषद् २०८१ माघ १६ र १७ गते नारायणी तटमा हुने छ ।
२ . मूल नाराः २७ औँ राष्ट्रिय परिषद् बैठकको मुल नारा बिकासको अधिकार : अहरणीय अधिकार रहेको छ ।
३ . २०८१ भदौमा सम्पन्न केकास बैठकले २७ औँ रा.प .बैठकको एजेण्डा तय गरेको छ ।
४ .यस पटक २७ सदस्यीय केकासको निर्वाचन पनि भएकोले बरिष्ठ अधिवक्ता डिल्ली बहादुर कार्की (मोरङ) लाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ ।
५ .२०८१ असोज भित्र आयोजक चितवन र नवलपुर शाखाको संयुक्त बैठक बसी २७ औँ रा.प. बैठक मूल तयारी समिति र दर्जन बढी उपसमितिहरु गठन हुनेछ ।
६ . वर्ष २०८०–८१ को वार्षिक गतिविधि प्रतिवेदन २०८१ भदौमा केकासले पारित गरि सबै शाखालाई पठाइको छ ।
७ . वर्ष २०८०–८१ को लेखा परिक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदन २०८१ भदौमा केकासले पारित गरि सबै शाखालाई पठाइएको छ ।
८ . वर्ष २०८२–८३ को वार्षिक कार्ययोजना २०८१ भदौमा केकासले पारित गरि सबै शाखालाई पठाइएको छ ।
९ . वर्ष २०८२–८३ को वार्षिक बजेट २०८१ भदौमा केकासले पारित गरि सबै शाखालाई पठाइएको छ ।
१०. २७ औँ रा.प.बैठकमा केकासका तर्फबाट प्रस्तुत गरिने विधान संसोधन सम्बन्धी प्रस्ताव ( केन्द्रीय कार्यालय ठेगाना परिवर्तन लगायत) र मूल नारामा केन्द्रित गरी ८ वटा प्रस्तावहरु २०८१ भदौमा केकासले पारित गरि रा.प.बैठक मा प्रस्तुत गर्नेछ ।
११. सहभागिताः २७ औँ रा.प.बैठकमा केकासका अतिरिक्त ३७ वटा जिल्ला शाखाको प्रतिनिधित्व हुनेछ । जिल्ला साधारणसभा २०८१ साउनदेखि कार्तिक मसान्तसम्ममा सम्पन्न भइसकेको हुनुपर्ने छ । हरेक जिल्लाको साधारणसभामा केकासले पर्यवेक्षक पठाउने छ र पर्यवेक्षकले केकासलाई सो सम्बन्धी प्रतिवेदन बुझाउने छन् । सो समयसीमा भित्र जिल्ला साधारणसभा नगर्ने शाखाहरु रा.प.बैठकमा प्रतिनिधित्व गर्न पाउँदैनन् ।
१२. रा.प.बैठकका सहभागिहरु र सबै शाखाहरुलाई शान्ति समाजको विधान, रा.प.बैठक सञ्चालन सम्बन्धी स्ट्याण्डीङ अर्डर, केन्द्रीय कार्यसमिति निर्वाचन विनियम, केन्द्रीय कार्यसमिति विनियम २०८१ कार्तिक महिनामा पुन पठाइने छ । रा.प.बैठक सोही स्ट्याण्डीङ अर्डर र विनियम अनुरुप सञ्चालन हुनेछ ।
१३.जिल्ला शाखाबाट प्रतिनिधित्व गर्ने सहभागिहरुको नामावली सबै शाखाले २०८१ पुस २४ सम्ममा केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ । सबै प्रतिनिधिहरुको नामावली शाखाहरुलाई पठाइने छ ।
१४. केकास निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको पहिलो सर्कुलर असोजमा र मनोनयनको आह्वानसहित सर्कुलर २०८१ कार्तिकमा हुनेछ । मनोनयनको समयसीमा रा.प.बैठक शुरु हुनुभन्दा २० दिन अगाडिसम्म हुनेछ ।
१५. २७ सदस्यीय केकास निर्वाचनका लागि शाखाहरुबाट प्राप्त उमेद्वारहरुको मनोनयन विवरण, उमेद्वारहरुको संक्षिप्त परिचय र उम्मेदवारी स्टेटमेन्ट अर्थात प्रतिवद्धतासहितको सम्पूर्ण विवरण रा.प.बैठक शुरु हुनुभन्दा १५ दिन अगावै सबै शाखाहरुलाई पठाइने छ ।
१६. जिल्ला शाखाबाट रा.प.बैठकमा प्रस्तुत गरिने प्रस्ताव पठाउने समयसीमा रा.प.बैठक भन्दा १५ दिन अगाडिसम्म रहने छ ।
१७. रा.प.बैठकमा प्रस्तुत गरिने सम्पूर्ण दस्तावेजहरु सबै शाखाहरुलाई रा.प.बैठक भन्दा १५ दिन अगावै पठाइसकिने छ । रा.प.बैठक दस्तावेज संगालो २०८१ पुस तेस्रो साता सम्ममा पुस्तक आकारमा प्रकाशित भई इलेक्ट्रोनिक कपि सबै शाखाहरुलाई पठाइने छ । रा.प.बैठकमा सबै शाखाहरुलाई सो पुस्तक उपलब्ध गराइने छ ।
१८. रा.प.बैठकका र्यापोटर (प्रतिवेदक) र टेलर (गणक)को नियुक्ति रा.प.बैठक पुर्व बस्ने केकास बैठकले गरि रा.प.बैठकमा पेस गर्नेछ ।
१९. रा.प.बैठक शान्ति समाजको विधान, विनियम विशेषत परिषद् बैठक सञ्चालन सम्बन्धी स्ट्याण्डीङ अर्डर अनुरुप सञ्चालन हुनेछ ।
२०. रा.प.बैठक सम्पन्न भएको १ साताभित्रै रा.प.बैठकको पूर्ण प्रतिवेदन सबै शाखाहरुलाई पठाइने छ ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links