9851240117
hurpes@gmail.com
2026-06-26 15:39:31

एक लाख मूल्यको पुस्तक उपहार
यातना पिडितहरुको सहायतार्थ २९ औं अन्तर्राष्ट्रिय दिवस २६ जुनका सन्दर्भमा २०८३ असार १२ गते मानव अधिकार तथा शान्ति समाजद्वारा सानेपा ललितपुरस्थित नेसनल ल कलेज स्थित वि.ए.एल.एल.बी. तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुसङ्ग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो । समाजका सभापति रेनुका पौडेलको प्रस्तुति(बिषयवस्तु केन्द्रित) रहेको उक्त संवाद कोषाध्यक्ष चन्द्रमणी बन्जाराले सहजीकरण गर्नुभएको थियो भने पुर्व केकास सचीव बल बहादुर गाहामगर, ललितपुर शाखा निवर्तमान सभापति मन बहादुर थापा, शाखा सभापति बाबुराम न्यौपाने तथा आजिवन सदस्य बिश्वरमण न्यौपाने र कलेजको तृष्णा न्यौपानेले संक्षिप्त्त मन्तव्य व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा शान्ति समाजद्वारा प्रकाशित मानव अधिकारः लोकतन्त्र,शान्ति र अहिंसाको आधार नामक आठ सय पृष्ठको रु. १ हजार मूल्यको १०७ वटा पुस्तक (कुल मूल्य १ लाख ७ हजार) १०० जना भन्दा बढी विद्यार्थीलाई र कलेज लाइब्रेरीलाई केही थान उपहार स्वरुप प्रदान गरिएको थियो।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links