9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ २०८१ को स्रष्टा सम्मान पुरस्कार प्रदान

२०८१ को स्रष्टा सम्मान पुरस्कार प्रदान

2024-12-27 15:36:21

२०८१ को स्रष्टा सम्मान पुरस्कार प्रदान
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान पुरस्कारहरु २०८१ पुष १२ गते काठमाण्डौमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।
यस क्रममा प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, प्रा. डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिला सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरेको हो । लिला सेलिङ्ग माबो हाल बेलायतमा हुनुभएकोले उहाँका माता पिताले पुरस्कार ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लोकतन्त्रवादी नेता एवं स्रष्टा नरहरि आचार्य, गोकर्णश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कवि अर्जुन पराजुली, उच्च अदालतका पूर्व का।मु। मुख्य न्यायाधीश शेषराज शिवाकोटी, शान्ति समाजका पूर्व सभापतिहरु गोविन्द खनाल, उत्तम पुडासैनी, होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, लगायतले पुरस्कृत स्रष्टाहरुलाई रु. २० हजार राशीसहितको पुरस्कार प्रदान गर्नुभएको थियो । समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले स्वागत र उपसभापति राजेन्द्र पौडेल, कोषाध्यक्ष किरण ढकालले स्रष्टाहरुबारे प्रकाश पार्नुभएको थियो भने पुरस्कृत स्रष्टाहरुले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन महासचिव रेनुका पौडेलले गर्नुभएको थियो ।
पुरस्कृत स्रष्टाहरुमा ७ जना महिला हुनुहुन्छ भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गर्नुभएको छ भने अंग्रेजी भाषामा समेत उहाँहरुका कृति प्रकाशित छन् ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links