फटाई र निकृष्ट कृत्यका लागी ९ वर्ष अगाडी पुरुषोत्तम दाहालको सदस्यता खारेजी
मानव अधिकार तथा शान्ति समाजको सर्वोच्च निती निर्णायक निकाय राष्ट्रीय परिषद बैठकले २६० जनाको सहभागितामा सर्वसम्मतिले ९ बर्ष अगाडी अर्थात २०७३ मा फटाई र निकृष्ट कृत्यका लागी पुरुषोत्तम दाहालको आजिवन सदस्यता खारेज गरेको थियो ।
बिगत ६ महिना अगाडीबाट निज दाहालले केही राष्ट्रीय टेलिभिजनहरुमा आफ्नो सदस्यता खारेजीको मुल कारण लुकाइ शान्ति समाज बिरुद्ध पुन दुष्प्रचार थालेको देखियेकोले ९ बर्ष अगाडीको अभिलेख सार्वजनिक गरियेको छ । यसका अतिरिक्त दाहाल सम्वन्धित अन्य बिवादास्पद बिषय समेत शान्ति समाजको अभिलेखमा सुरक्षित छ जुन आवश्यकता परे सार्वजनिक गरिनेछ ।
स्मरणीय छ दाहालको सदस्यता खारेजी हुदा केन्द्रीय कार्य समितीको सभापती गङाधर अधिकारी हुनुहुन्थ्यो भने २०७३ कार्तिकमा दाहाललाइ स्पष्टिकरण सोधियेको र त्यस्को जवाफ मा दाहालले सक्ने भये मेरो यो जवाफ ( ४ पाताको ) राष्ट्रीय परिषदमा राखेर देखाउन भन्ने चुनौती दियेकोले निज को इच्छा अनुसार नै रा.प.बैठकमा सम्पुर्ण दस्तावेज प्रस्तुत गरी निर्णय भयेको थियो ।
त्यो बेला उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी हुनुहुन्थ्यो ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ (२०७३ फागुन ९ मा जारी )
पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता खारेज
पुरुषोत्तम दाहालद्धारा लिखित “मेरो पत्रकारिता” नामक पुस्तकमा मानव अधिकार तथा शान्ति समाजबारे कपोलकल्पित भ्रामक र झुठा कुराहरु लेखी संस्थामाथि निकृष्ट प्रहार गरेको पाइएको सन्दर्भमा पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता समाप्त किन नगर्ने भनी २०७३/०६/१८ गते को पत्राचार मार्फत स्पष्टिकरण माग गरिएको र निजबाट चार पाताको जबाफ प्राप्त भएको थियो । राष्ट्रिय परिषद् बैठक मानव अधिकार तथा शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय भएकोले पुरुषोत्तम दाहालको आजीवन सदस्यता खारेजी सम्बन्धी विषय पनि २०७३ मंसिर १०/११ गते वुटवलमा सम्पन्न १९ औँ राष्ट्रिय परिषद् बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
यस सम्बन्धमा पुरुषोत्तम दाहाललाई केकासका महासचिवले लेखेको स्पष्टिकरण पत्र, निजबाट प्राप्त ४ पाताको जबाफ, काठमाण्डौँ–वुटवल–काठमाण्डौँ हवाई भाडा समेत केकासले नै वेर्होने विवरणसहित १९ औँ रा.प.बैठकमा सहभागिताका लागि केकासका तर्फबाट पुरुषोत्तम दाहाललाई पठाइएको निमन्त्रणा पत्र, रा.प.बैठकमा उपस्थित हुन असमर्थ भएको नीजको प्रतिउत्तर पत्र परिषद् बैठकका सबै सहभागिहरुलाई वितरण गरिएको थियो । साथै नीजले शान्ति समाज विरुद्ध आफ्नो पुस्तकमा लेखेका अंश र ति कुराहरु झुठा भएको प्रमाण स्वरुप समाजको २०५९ असोज महिनामा चितवनमा सम्पन्न पाँचौ राष्ट्रिय परिषद् बैठकको संक्षिप्त विवरण सहितको दस्तावेजहरु पनि सहभागिहरुलाई उपलब्ध गराइएको थियो । यस सम्बन्धमा पुरुषोत्तम दाहालले शान्ति समाज जस्तो स्वयंसेवी र स्वाभिमानी संस्थामाथि मर्यादाका सारा सीमा नाघेर लगाएको आरोपको राष्ट्रिय परिषद् बैठकले निन्दा एवं भत्र्सना गरेको र पुरुषोत्तम दाहालले गरेको सो फटाइँ र निकृष्ट कृत्यको निन्दा गरेको थियो । निजको आजीवन सदस्यता खारेज गर्ने सम्बन्धमा एक पटक निजलाई पत्राचार गर्ने र यदि नीजले गल्ति स्विकार गरी क्षमा याचना गरे आजीवन सदस्यता खारेजीको विषय त्यही टुङ्गीने र गल्ति स्विकारसहित क्षमा याचना नगरे निजको आजीवन सदस्यता खारेज गर्ने निर्णय राष्ट्रिय परिषद् बैठकले सर्वसम्मतिबाट गरेकोले राष्ट्रिय परिषद् बैठकको निर्णय बमोजिम २०७३ माघ १९ गते पुरुषोत्तम दाहाललाई पुनः पत्र लेखिएको थियो र आफ्नो धारणा २०७३ फागुन ४ गते सम्ममा मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालयमा प्राप्त हुने गरी पठाउन आग्रह गरिएको थियो । साथै यस सम्बन्धमा निर्णय गर्न केकासका सभापति, महासचिव र संस्थापक सदस्य कृष्ण कंडेल सम्मिलित समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि राष्ट्रिय परिषद् बैठकबाट सर्वसम्मतीबाट भएको थियो । यस सम्बन्धमा २०७३ फागुन ८ गते सम्ममा पनि पुरुषोत्तम दाहालका तर्फबाट कुनै प्रतिउत्तर प्राप्त नभएको हुदाँ १९ औँ राष्ट्रिय परिषद् बैठकको निर्णय अनुसार पुरुषोत्तम दाहालको मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्यता खारेज ‘समाप्त’ भएको छ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
महासचिव
२०७३ फागुन ९