9851240117

hurpes@gmail.com

Home

About us

Others

HUMAN RIGHTS & PEACE SOCIETY NEPAL

मानव अधिकार तथा शान्ति समाज नेपाल

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कृयाशिल । जगतमुखी जीवनमुखी सेवामुखी अभियानमा समर्पित । Human Rights and Peace Society is a membership based volunteer organization conducting research and campaigns. Peace Society is a non-governmental, non-political and non-profit independent volunteer organization with a focus on non-violence, peace, human rights & democracy. HURPES was founded on 1st June 1996 by Krishna Pahadi. Peace Society's mission is to create a culture where Human Rights & Peace prevail. HURPES contributed significantly in pro-democracy movement 2006 and to establish democratic republic in Nepal.

Founding Chairperson

Krishna Pahadi

Krishna Pahadi ( कृष्ण पहाडी ) was born on 30 th   March  1963 at Madi Ramveni village of Shankhuwasabha district of Nepal, a remote Hilly district that lies in the Himalayan region in eastern part of Nepal. He belongs to a Dahal family. He was born to Badri Prasad Pahadi and Radha Devi Dahal.

See more

Chairperson

Renuka Paudel

Renuka Paudel ( रेनुका पौडेल ): Currently residing in Sanepa-2, Lalitpur and originally from Syangja,holds an M.Phil. in Sociology and an LL.B. degree. She is the Chairperson of the Central Executive Committee of the Human Rights and Peace Society (since 2081 B.S.). Over the years, she has held several key leadership roles within the organization, including General Secretary (2079–2081), Vice-Chairperson (2073–2077), Treasurer (2071–2073), Central Committee Member (2070–2071), and Coordinator of the Social Concern Department (2069–2071). Beyond her role in the Human Rights and Peace Society, Ms. Paudel is actively engaged in a range of social and professional initiatives. She has served as the Research and Campaign Coordinator at Public Policy Pathshala since 2072 and is a founding or executive member of several civic platforms, including Emerging Power Nepal, Creative Youth Leadership Forum Kirtipur, Sociological and Anthropological Forum Pokhara, and the Junior Red Cross Circle in Syangja. She is the co-author of Nepal Ko Mahila Aandolan (2072) and has edited and published numerous articles, journals, and papers focusing on human rights, women's rights, and contemporary social issues. As a legal expert, she contributed to the drafting of Nepal’s Public Health Act (2073) and has played an instrumental role in shaping public policies in the areas of education, health, social protection, environment, and climate change. Ms. Paudel brings extensive field experience, having worked in 70 districts across Nepal, and has participated in international learning and exchange programs in Bangladesh, Malaysia, Indonesia, Thailand, and India. She can be reached at +977-1-4520712 or via email at paudelrenuka88@gmail.com

Ram Krishna Baral

Former chairperson (2079 - 2081)

Homakanta Chaulagain

Former Chairperson (2067 - 2071)

Dr. Gangadhar Adhikari

Former Chairperson (2071 - 2075)

Uttam Pudasaini

Former Chairperson (2075 - 2077)

Latest Press Releases

Explore all our Press Releases for more content.

राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

प्रेस विज्ञप्ति
युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ? भन्दै राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

विगत २९ वर्षदेखि आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गरिरहेको मानव अधिकार तथा शान्ति समाजले २०८२ असार १३ गते दिउँसो ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन गरेको छ । वर्तमान/भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढता खोइ? भन्दै विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने र सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरुले युद्धको पक्षपोषण होइन, युद्ध अन्त्य र शान्ति प्रवद्र्धनमा योगदान गर्नुपर्ने आग्रहसहित प्रदर्शन गरेको हो । स्मरणीय छ, भावी पुस्तालाई युद्धको विभिषिकाबाट बचाउने दृढतासहित ८० वर्ष अघि संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो  ।
प्रदर्शनमा २० महिनादेखि गाजामा नरसंहार जारी⁠ः तैपनि राष्ट्रसङ्घमाथि इजरायल भारी, इरानमाथि अमेरिकाको बमबारी, तैपनि राष्ट्रसङ्घमा अमेरिका भारी, सवा तीन वर्षदेखि युक्रेनमा रूसको बमबारी तैपनि राष्ट्रसङ्घमा रुस भारी, राष्ट्रसङ्घ लाचार हुनु विश्व शान्तिका लागि खतरा, इजरायलको बर्बरता र इरानको आणविक महत्वकांक्षा दुवै विश्व शान्तिका लागि खतरा, युद्ध विस्तार हुदँैछ, मानवता पराजित हुदैँछ, शक्ति राष्ट्रका अगाडि राष्ट्रसंघ किन लाचार?, राष्ट्रसंघ खुम्चिदै छ, युद्ध विस्तार हुदैँछ, UN: WHERE IS DETERMINATION TO SAVE SUCCEEDING GENERATIONS FROM THE SCOURGE OF WAR, INCREASING NUMBERS OF WARS INDICATES A FAILURE OF THE UNITED NATIONS, PERMANENT MEMBERS OF UN SECURITY COUNCIL MUST ACT LIKE GUARDIANS, NOT AGGRESSORS, THE UN SECURITY COUNCIL'S PERMANENT MEMBERS SHOULD ACT AS GUARDIANS FOR INTERNATIONAL PEACE, BOTH ISRAEL'S BARBARISM AND IRAN'S NUCLEAR AMBITIONS ARE A THREAT TO WORLD PEACE, ISRAEL: STOP WAR IN MIDDLE EAST, RUSSIA: STOP WAR IMMEDIATELY लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्व सभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, कवि अर्जुन पराजुली, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, उमा गौतम, मणीराम दाहाल, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा, आजीवन सदस्यहरु जयराम पुडासैनी, तुलसीराम भण्डारी, रेजीना राई, मन्दिर अमात्य, वुद्ध रिसाल, बाबुराम न्यौपाने, ईश्वरी नेपाल, राजकुमार श्रेष्ठ लगायत शान्तिवादीहरुको सहभागिता थियो ।
प्रदर्शन पश्चात संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।
पत्रमा एकातिर सवा तीन वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ भने अर्कोतिर २० महिनादेखि गाजामा इजरायली अत्याचार जारी रहेको जसका कारण बालबालिका, महिलाले समेत अकल्पनीय प्रताडना भोग्नुपरेको, युद्धका कारण अपुरणीय क्षति मात्र नभई मानवता निरन्तर पराजित भइरहेको र संयुक्त राष्ट्रसंघ लाचार मुकदर्शक भएको भान पर्न थालेको र यसै वर्ष १३ जुनबाट शुरु भएको इजरायल–इरान युद्ध लगायत विश्वका विभिन्न भागमा चलिरहेको युद्धका कारण मानव सभ्यता नै खतरामा पर्न थालेकोले विश्वका विभिन्न भागमा चलिरहेको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१३ असार २०८२

2025-06-27 15:25:54

युद्ध अन्त्य र विश्व शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन

प्रेस विज्ञप्ति

युद्ध अन्त्य र विश्व शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन 

इजरायल–इरान लगायत विश्वका विभिन्न भागमा चलिरहेको युद्ध तत्काल अन्त्य र विश्व शान्तिको कामना गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौमा प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ । २०८२ असार ७ गते साँझ वाग्मतीनगरबाट शुरु भएको प्रदर्शन बौद्धनाथ पुगी दीप प्रज्वलनसँगै समापन भएको थियो । प्रदर्शनमा युद्ध रोक शान्ति प्रवद्र्धन गर, संवादमार्फत समस्याको समाधन गर भन्दै इजरायललाई आक्रामकता त्यागी शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर्न र इरालनलाई आणविक महत्वकांक्षा त्याग्न आग्रह गर्नुका साथै विश्व शान्तिको कामना गर्दै बौद्धनाथमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापतिहरु रामकृष्ण बराल र होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, अनुशासन समिति संयोजक कृष्णबहादुर रावल, सचिवहरु प्रेम पटेल र दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, सदस्यता अपिल समिति संयोजक किरण ढकाल र सदस्य सानु लामा, केन्द्रिय सदस्यहरु नम्रता खरेल, उमा गौतम, शम्भु राउत, रोजिना विष्ट, मणिराम दाहाल, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापालगायत शान्तिवादीहरुको सहभागिता थियो । 

यसैगरी असार ७ गते सामाजिक न्यायदेखि जलवायु न्यायसम्म विषयमा केन्द्रित रहि मानव अधिकार तथा शान्ति समाजको आयोजनामा वाग्मती प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वाग्मती प्रदेश र बारा, पर्सा जिल्ला समेत गरी सात जिल्लाबाट ७० जनाको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रमको अन्त्यमा “संक्रमणकालीन न्याय प्रक्रियाः पिडित÷नागरिक समाजको अबको संयुक्त आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था” विषयमा अन्तरसंवाद सम्पन्न भएको थियो । संक्रमणकालीन न्याय विषयमा संविधानसभा सदस्य एकराज भण्डारी (वेपत्ता पारिएका परिवार सदस्य) र द्वन्द पिडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्थामा केन्द्रित रहि वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी र लेखक तथा विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि शान्ति समाजले कोशी प्रदेशको इटहरीमा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो । 

समाजका तर्फबाट

सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज

८ असार २०८२


2025-06-22 11:41:18

इजरायल र इरानलाई युद्ध रोक्न माग गर्दै शान्ति समाजको दुई वटा प्रदर्शन

प्रेस विज्ञप्ति

इजरायल र इरानलाई युद्ध रोक्न माग गर्दै शान्ति समाजको दुई वटा प्रदर्शन 

विगत तीन दशकदेखि आणविक अस्त्रको उन्मुलन एवं युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानवअधिकार तथा शान्ति समाजले इजरायल र इरानबीच जारी युद्ध तत्काल अन्त्य गर्न माग गर्दै २०८२ असार ४ गते काठमाण्डौमा दुई वटा प्रदर्शन गरेको छ । यस क्रममा काठमाण्डौ लाजिम्पाटस्थित इजरायली राजदुतावास अगाडि विहान ११ बजे र दरवारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि आधा घण्टा प्रदर्शन भएको थियो । 

इजरायली दुतावास लाजिम्पाट अगाडि भएको प्रदर्शनमा शान्तिवादीहरुले इजरायलले यसपटक युद्धको शुरुवात गरेको हुँदा युद्ध अन्त्यको पहल पनि इजरायलले गर्नुपर्छ भन्दै इजरायलः आक्रामकता बन्द गर, युद्ध तत्काल अन्त्य गर, प्यालेष्टाइनमाथिको अत्याचार बन्द गर, शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर, गाजामा नरसंहार बन्द गर, युद्ध समस्याको समाधान होइनः वार्ता मार्फत समाधान गर, युद्ध मानवताको अपमान हो लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

यसैगरी इरानी कन्सुलेट कार्यालय अगाडि भएको प्रदर्शनमा इरानको आणविक महत्वकांक्षा त्यस क्षेत्रको स्थिरताका लागि खतरा भएको भन्दै इरानलाई आणविक महत्वाकांक्षा परित्याग गर्न आग्रहसहित मानव अधिकारको सम्मान र इरानमा लोकतन्त्र बहाली गर्न आग्रह गरिएको थियो । 

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, समावेशी सचिव तुलसीराम सुनार, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, मणिराम दाहाल, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा, आजीवन सदस्यहरु ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, रिता अधिकारी, नवराज चापागाई, राजकुमार श्रेष्ठ, सहित शान्तिवादीहरुको सहभागिता थियो । 

समाजका तर्फबाट

सरिता पौडेल

उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज

४ असार २०८२


2025-06-18 14:39:49

Upcoming Events

About Us

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते कृष्ण पहाडीको सभापतित्वमा स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । शान्ति समाज जगतमुखी जीवनमुखी सेवामुखी अभियानमा समर्पित छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्तवपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन । मानव अधिकार तथा शान्ति समाजले स्थापना कालदेखि नै आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान एवं हिमालय बचाउँ आन्दोलन समेत सञ्चालन गर्दै आएको शान्ति समाजले निर्धारित समयमै कार्यक्रम सुरू गर्ने परिपाटी बसालेको (समय आन्दोलन) छ । 

HURPES BuildingHURPES Building photo 2

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links