9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ लोकतन्त्र दिवस नागरिक संवाद कार्यक्रम

लोकतन्त्र दिवस नागरिक संवाद कार्यक्रम

2026-04-24 23:13:02

1. लोकतन्त्र दिवस नागरिक संवाद कार्यक्रम सम्पन्न
२०६२/६३ को जनआन्दोलनको पृष्ठभूमिमा महत्त्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजद्वारा २० औँ लोकतन्त्र दिवसका अवसरमा २०८३ वैशाख ११ गते काठमाडौँमा “सद्भाव प्रवर्द्धन, विधिको शासन र लोकतन्त्रको संरक्षण विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सांसद प्रकाशचन्द्र परियार नेपाली काँग्रेसका सांसद सन्तोष सुब्बा नेकपाका सचेतक सांसद युवराज दुलाल, राष्ट्रिय सभा सांसद विष्णुदेवी पुडासैनी,समाजका संस्थापक सभापति कृष्ण पहाडी, शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाई,निवर्तमान सभापति एवम् सल्लाहकार राम कृष्ण बराल,सल्लाहकार राम प्रसाद जोशी, नागरिक आन्दोलनका अभियन्ता विमल अर्याल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समाजद्वारा तयार गरिएको अवधारणा पत्र केन्द्रीय सदस्य उमा गोतामेले प्रस्तुत गर्नु भएको थियो भने काठमाडौँ शाखा सभापति विकास थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम सञ्चालन समाजका बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले गर्नुभएको थियो भने नागरिक संवादमा आधा दर्जन सहभागीहरूले जिज्ञासा सहित मन्तव्य व्यक्त गर्नुभएको थियो

2. लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते शान्ति समाज रुपन्देही,सुर्खेत,चितवन,पाल्पा,गुल्मी,कपिलबस्तु,तेह्रथुम,म्याग्दी,दाङ,सल्यान,मुगु र नवलपरासी पश्चिम गरी १२ जिल्ला शाखाले नागरिक संवाद कार्यक्रम गरेका थिए । यसैगरी नवलपुर झापा र बाके शाखाले दीप प्रज्वलन कार्यक्रम गरेका थिए ।


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links