५. सल्यान शाखाद्वारा शिवजन मा.वि. शीतलपाटी सल्यानको छात्रावासमा रहेका दृष्टिविहीन छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण ।
६. दाङ शाखाद्वारा दाङका पाँच वटा विद्यालयमा लागू औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम । ५०० जना विद्यार्थीको सहभागिता ।
4.जेठ १९
१.मानव अधिकार तथा शान्ति समाज स्थापनाको ३० औ वार्षिकोत्सवका अवसरमा जेठ १९ गते आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक नागरिक संवाद कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको सभापति समिक्षा बाँस्कोटा (रास्वपा) र नेपाली काँग्रेसका सांसद रेखा यादवले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रमुख वक्ताका रूपमा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बोधन गर्नु भएको कार्यक्रम मा समाज द्वारा तयार गरिएको आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो विषयक शान्ति समाजद्वारा तयार गरिएको चार पृष्ठको अवधारणा पत्र कोषाध्यक्ष चन्द्रमणि बन्जाराले प्रस्तुत गर्नु भएको थियो ।
सो अवधारणा पत्र माथि आलोचनात्मक टिप्पणीका लागी वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारी लाई आमन्त्रण गरिएको थियो।यसै गरी समाजका संस्थापक सदस्य कृष्ण कँडेल,निवर्तमान सभापति रामकृष्ण बराल, सल्लाहकार राम प्रसाद जोशी, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर सभापति बाबुराम न्यौपानेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
। समाजको स्थापना दिवसका अवसरमा काठमाण्डौमा सप्ताहव्यापी कार्यक्रम भई रहेको छ । कार्यक्रममा पठन संस्कृति प्रवद्र्धन अभियानको संयोजक ईश्वर पुडासैनी,खाद्यान्न दान कार्यक्रम संयोजक सार्जन चापागाईँ, पुस्तक दान कार्यक्रम संयोजक रबिना पौडेल,रक्तदान कार्यक्रम संयोजक नवराज चापागाईँले संक्षिप्त धारणा व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बाग्मती प्रदेश सचिव दिवाकर पुडासैनीले गर्नु भएको थियो ।
२.जेठ १९ गते शान्ति समाजका २१ जिल्ला शाखाद्वारा नागरिक संवाद कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रम आयोजना गर्ने शाखाहरू यस प्रकार छन् :अछाम कैलाली मुगु सुर्खेत सल्यान बाँके दाङ गुल्मी कपिलवस्तु रुपन्देही पाल्पा कास्की म्याग्दी गोरखा नवलपुर चितवन महोत्तरी सङ्खुवासभा तेह्रथुम सुनसरी इलाम
5.जेठ २०
शैक्षिक सामग्री दान : शान्ति समाज स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेठ २० गते ललितपुर शाखाको पहलमा ज्वालादेवी आधारभूत विद्यालय देवीचौरका ३६ जना विद्यार्थीलाई रु.१८ हजारको शैक्षिक सामग्री प्रदान ।