9851240117
hurpes@gmail.com
2026-05-29 13:20:39

संसदीय सर्वोच्चता जोगाउ भन्दै शान्ति समाजले मनायो गणतन्त्र दिवस
1.१९ औँ गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरी गणतन्त्र दिवस मनाएको छ ।
सरकार :लोकतन्त्र विरोधीको लौरो नबन, संसद् : संसदीय सर्वोच्चता जोगाउ, न्यायालय : पहिले दलको अहिले सरकारको छायाबाट मुक्त गराऊ भन्ने आह्वान सहित काठमाण्डौमा जेठ १५ बिहान ११ बजे माइतीघरमा प्रदर्शन भएको थियो । प्रदर्शनमा लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद, संसद्बाट बनेको सरकार संसद्प्रति नै अनुदार,निर्मल निवास प्रति उदार ? लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
2. गणतन्त्र जिन्दावाद भन्दै १९ औ गणतन्त्र दिवसका अवसरमा शान्ति समाजका जिल्ला शाखाहरुद्वारा जेठ १५ गते झापा तेर्हथुम महोत्तरी चितवन नुवाकोट कास्की बाग्लुङ रुपन्देही पाल्पा गुल्मी सल्यान सुर्खेत मुगु र बाके मा गरी १४ जिल्लामा प्रदर्शन । दाङ शाखाले दीप प्रज्वलन गरेको थियो ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links