9851240117

hurpes@gmail.com

Home

About us

Others

राष्ट्र सघ स्थापना दिवस २४ अक्टोबर

Event date:

2024-10-24

सन्युक्त राष्ट्र सघ स्थापना दिवस २४ अक्टोबर , कार्तिक ८ गते शान्ति  समाजले बिश्वका बिभिन्न भाग मा चली रहेको युद्ध अन्त्य गर्न आह्वान सहित कार्यक्रम गर्ने  

संयुक्त राष्ट्रसंघ स्थापना दिवस–२४ अक्टोवर

सन््् १९३९ मा सुरू भएको द्वितीय विश्वयुद्ध ६ वर्षपछि १९४५ मा समाप्त भएको थियो । द्वितीय विश्वयुद्धको समाप्तिसँगै २४ अक्टोबर १९४५ मा संयुक्त राष्ट्रसंघको विधिवत जन्म भएको थियो । फेरि विश्वयुद्ध भयो भने युद्धको विभीषिकाले विश्वलाई दग्ध बनाउने र मानव सभ्यतालाई नष्ट गर्ने खतरा रहेकाले संयुक्त राष्ट्रसंघको बडापत्र (चार्टर) मानै भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने दृढता उल्लेख छ । 

संयुक्त राष्ट्रसंघको बडापत्रको प्रस्तावना यस्तो छ ः संयुक्त राष्ट्रका हामी जनताहरूले हाम्रा जीवन–कालमा दुई पटक मानव–जातिमाथि अकथित दुःख ल्याउने युद्धको मारबाट भावी पुस्तालाई बचाउने; र मौलिक मानव–अधिकारहरूमा, मानवीय व्यक्तिको मर्यादा र मूल्यमा, ठूला र साना राष्ट्रहरूमा, एवं नर–नारीको समान हकमा विश्वास पुनः ढृढ गराउने तथा सन्धि तथा अन्तर्राष्ट्रिय कानुनका अन्य श्रोतहरूबाट उत्पन्न भएका दायित्वप्रति न्याय र सम्मानको स्थिति कायम राख्ने; एवं बृहत्तर स्वतन्त्रतामा सामाजिक प्रगति र जीवनको उच्चतर स्तर बढाउने निश्चय ग¥यौं; अनि, यी उद्देश्यका लागि सहिष्णुताको व्यवहार गर्ने तथा असल छिमेकी भई आपसमा शान्तिपूर्वक सँगसँगै बस्ने; र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न आफ्नो बल संयुक्त गर्ने; तथा संस्थागत प्रणाली र सिद्धान्तहरूको स्वीकृतिद्वारा साझा हितमा बाहेक सशस्त्र शक्तिको प्रयोग गरिने छैन भन्ने सुनिश्चित गर्ने; एवं अन्तर्राष्ट्रिय निकायको प्रयोगद्वारा समस्त जनताहरूको आर्थिक र सामाजिक उन्नतिमा अभिवृद्धि गर्ने; यी लक्ष्य पूरा गर्नलाई संयुक्त रूपमा प्रयत्न गर्ने सङ्कल्प गरेका छौं; तदनुसार, हाम्रा आ–आफ्ना सरकारहरूले, सही र उचित रूपमा अधिकार प्राप्त तथा सन््फ्रान्सिस्को नगरमा जम्मा भएका प्रतिनिधिहरू मार्फत्, संयुक्त राष्ट्रको वर्तमान बडापत्रलाई मन्जुर गरेका छन्, तथा यसद्वारा “संयुक्त राष्ट्र” भनी ज्ञात हुने अन्तर्राष्ट्रिय संगठनको स्थापना गर्दछन् ।

संयुक्त राष्ट्रसंघको बडापत्र मानै भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने दृढता उल्लेख छ । शान्तिका लागि क्रियाशील संस्था शान्ति समाजले भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउन युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गरिरहेको छ । यसैगरी आणविक अस्त्रको विश्वव्यापी उन्मुलन हेतु विशेष अभियान सञ्चालन गरिरहेको छ । शान्ति, मानव अधिकारका यिनै सेरोफेरोमा केन्द्रित रही मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघ स्थापना दिवस मनाउने गर्दछ ।


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links