9851240117
hurpes@gmail.com
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–३ डिसेम्बर
Event date:
2024-12-03
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–३ डिसेम्बर
संयुक्त राष्ट्रसंघ महासभाको घोषणा अनुरूप १९९२ देखि ३ डिसेम्बरलाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो । सन् १९७६ मा संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउने निर्णय गरेको थियो । यसैगरी सन् १९८३ देखि १९९२ सम्म अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रसंघीय दशकका रूपमा मनाउने निर्णय महासभाले गरेको थियो । पहिले यो दिवसलाई अपाङ्ग दिवस भनिन्थ्यो, पछि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस भन्न÷लेख्न थालिएको छ जसको लक्ष्य समाजको हरेक क्षेत्र र विकासमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र कल्याणको प्रवद्र्धन गर्ने रहेको छ र राजनीतिक सामाजिक आर्थिक एवं सांस्कृतिक जीवनको हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे चेतना अभिवृद्धि गर्ने रहेको छ । पछिल्ला वर्षहरू यो समावेशिता, समानता र पहुँचको महŒवलाई जोड दिने विश्वव्यापी अनुष्ठानको रूपमा विकसित भएको छ ।
विश्वको ८ अरबभन्दा बढी जनसंख्यामध्ये झण्डै १५ प्रतिशत अर्थात १ अरब भन्दा बढी जनसङ्ख्या कुनै न कुनै प्रकारको अपाङ्गता भएकाहरूको छ जसको ८० प्रतिशत विकाशोन्मुख देशमा बसोबास गर्छन ।
मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष ३ डिसेम्बर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र हित प्रवद्र्धनमा केन्द्रित रही यो दिवस मनाउँदै आएको छ । सन् २०२३ मा यस सम्बन्धी ३२ औँ दिवस मनाइएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ र त्यसको स्वेच्छिक उपलेख नै यसबारे प्रमुख अन्तर्राष्ट्रिय संयन्त्र हो । यसका अतिरिक्त राष्ट्रसंघद्वारा भिन्न समयमा विभिन्न घोषणापत्र जारी भएको छ जसमा मानसिक रूपमा अशक्तहरूको अधिकारसम्बन्धी घोषणापत्र मानसिक विरामीको संरक्षणका लागि र मानसिक स्वास्थ्य हेरचाह सुधार्नेसम्बन्धी सिद्धान्त अपाङ्गहरूको अधिकारसम्बन्धी घोषणापत्र आदि छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको उद्देश्य अपाङ्गता भएका सबै व्यक्तिहरूबाट हुने सम्पूर्ण मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरूको पूर्ण र समान उपभोग सम्वद्र्धन, संरक्षण एवम् सुनिश्चित गर्नु तथा उनीहरूको नैसर्गिक मर्यादाको सम्मानको सम्वद्र्धन गर्नु हो भन्ने रहेको छ ।
महासन्धि अनुसार अपाङ्गता भएको व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सिर्जित विभिन्न अवरोधहरूसँग अन्तरक्रियाको कारणले समाजमा अन्य व्यक्तिहरू सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाधा भएको व्यक्तिसमेतलाई जनाउँछ ।
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links