9851240117

hurpes@gmail.com

Home

About us

Others

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–५ डिसेम्बर

Event date:

2024-12-05

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–५ डिसेम्बर

१७ डिसेम्बर १९८५ मा संयुक्त राष्ट्रसंघ महासभाद्वारा पारित प्रस्ताव अनुरूप हरेक वर्ष ५ डिसेम्बरलाई आर्थिक तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने निर्णय भएको थियो । सो क्रममा राष्ट्रसंघ महासभाले हरेक वर्ष ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सरकारहरूलाई आमन्त्रण गर्दै, स्वयंसेवाको महत्तवपूर्ण योगदानको बारेमा जागरूकता बढाउनका लागि कदम चाल्न समेत आग्रह गरेको थियो जसले गर्दा देश विदेशमा स्वयंसेवकको रूपमा सेवा गर्न धेरैलाई प्रेरित गर्न सकियोस् । स्वयंसेवालाई बढावा दिने र स्वयंसेवालाई समर्थन गर्न आह्वान गर्ने पर्वका रूपमा लिइने यो दिवस, स्वयंसेवी संस्था र व्यक्तिहरूका लागि समेत आफ्नो मेहनतलाई उत्सवका रूपमा मनाउने, आफ्ना मूल्यहरूलाई साझा गर्ने र आफ्नो समुदाय, गैर सरकारी संस्थाहरू, राष्ट्र संघका एजेन्सीहरू र सरकारी निकायका साथै निजी क्षेत्रमाझ आफ्नो कार्यलाई प्रवद्र्धन गर्ने अपूर्व अवसरको रूपमा पनि लिइन्छ । 

स्मरणीय छ, संयुक्त राष्ट्र महासभाको निर्णय अनुरूप सन् २००१ लाई अन्तर्राष्ट्रिय स्वयंसेवक वर्षको रूपमा मनाइएको थियो । 

५ डिसेम्बर २०२३ मा ३८ औँ स्वयंसेवक दिवस मनाइएको थियो । 

शान्ति समाजले २०६५ सालमा प्रतिवादन गरेको असल स्वयंसेवकका गुणहरू यसप्रकार छन्ः

१. मानव अधिकार र मानवीय मूल्यप्रति दृढ र निष्ठावान हुनुपर्दछ । अहिंसात्मक चरित्र अवलम्वन गर्नुपर्दछ ।

२. सेवामुखी भावनाले अभिप्रेरित हुनुपर्छ । असहाय व्यक्तिलाई सहायता प्रदान गर्न सदैव कटिबद्ध रहनुपर्दछ ।

३. कानुनी राज्यमा विश्वास गर्नुपर्दछ ।

४. सामान्यतः द्वन्द्वको कारण होइन, द्वन्द्व समाधानमा सहयोगी बन्नुपर्छ । 

५. निष्पक्ष हुनुपर्छ र जीवनशैली पारदर्शी हुनुपर्छ । जीवनको हरेक क्षेत्रमा सम्भव भएसम्म परस्पर सल्लाह तथा लोकतान्त्रिक प्रक्रियाबाटै निर्णय गर्ने परम्परा अवलम्बन गर्नुपर्दछ ।

६. पीडितहरूप्रति सहानुभूति राख्नुपर्दछ ।

७. आफ्नोे सुख बाँड्न सक्ने र अरूको दुःख साट्न सक्ने चरित्रको विकास गर्न सक्नुपर्छ ।

८. स्वयम्सेवी कार्यमा लाग्दा आफूले के पाइन्छ (भौतिक लाभ) नभनी अरूलाई के दिन सकिन्छ भन्ने चिन्तनले निर्देशित हुनुपर्दछ ।

९. सेवा, दया, करुणाजस्ता आदर्शले ओतप्रोत हुनुपर्दछ । घृणा र प्रतिशोधको भावनाले प्रेरित हुनुहुँदैन । क्रोधमाथि नियन्त्रण राख्न सक्नुपर्दछ ।

१०. अनावश्यक निन्दा चर्चा र खुराफाती प्रवृत्तिबाट मुक्त हुनुपर्दछ र सार्वजनिक जीवनमा अरूलाई  

    ठट्टाको पात्र बनाएर, होच्याएर वा व्यङ्ग र घोचपेच गरेर रमाइलो मान्नुहुँदैन ।


Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links