9851240117
hurpes@gmail.com
2024-07-15 13:13:09
By मानव अधिकार तथा शान्ति समाज
प्रेस विज्ञप्ति
राष्ट्रपतिलाई शान्ति समाजको ध्यानाकर्षणः चुरे दोहनका कारण मरुभूमिकरणको खतरा
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट परेको प्रभाव र हिमालय÷चुरे संरक्षणबारे ध्यानाकर्षण गराएको छ ।
२०८१ असार १४ गते राष्ट्रपति कार्यालयमा भएको भेटमा शान्ति समाजले सञ्चालन गरिरहेको जगतमुखी अभियानबारे अवगत गराउँदै ९ बुँदे ध्यानाकर्षण गराइएको थियो । चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेकोतर्फ चिन्ता व्यक्त गर्दै चुरे संरक्षण प्राथमिकता हुनुपर्नेमा शान्ति समाजले जोड दिएको छ । यसैगरी नेपालको संविधानको प्रस्तावनामा नै जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स) लाई सम्बोधन गर्न र सोही अनुरुप संयन्त्र निर्माण÷परिमार्जन गर्नु पर्ने शान्ति समाजले स्मरण गराएको छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी र आजीवन सदस्य जयराम पुडासैनी संलग्न हुनुहुन्थ्यो ।
समाजका तर्फबाट
सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
१४ असार २०८१
Hurpes.
Human Rights And Peace Society,since 1996.
Bagmati Nagar, Guheswori, Kathmandu, Nepal
9851240117
hurpes@gmail.com
Useful links