9851240117

hurpes@gmail.com

Home

About us

Others

HUMAN RIGHTS & PEACE SOCIETY NEPAL

मानव अधिकार तथा शान्ति समाज नेपाल

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कृयाशिल । जगतमुखी जीवनमुखी सेवामुखी अभियानमा समर्पित । Human Rights and Peace Society is a membership based volunteer organization conducting research and campaigns. Peace Society is a non-governmental, non-political and non-profit independent volunteer organization with a focus on non-violence, peace, human rights & democracy. HURPES was founded on 1st June 1996 by Krishna Pahadi. Peace Society's mission is to create a culture where Human Rights & Peace prevail. HURPES contributed significantly in pro-democracy movement 2006 and to establish democratic republic in Nepal.

Founding Chairperson

Krishna Pahadi

Krishna Pahadi ( कृष्ण पहाडी ) was born on 30 th   March  1963 at Madi Ramveni village of Shankhuwasabha district of Nepal, a remote Hilly district that lies in the Himalayan region in eastern part of Nepal. He belongs to a Dahal family. He was born to Badri Prasad Pahadi and Radha Devi Dahal.

See more

Chairperson

Renuka Paudel

Renuka Paudel ( रेनुका पौडेल ): Currently residing in Sanepa-2, Lalitpur and originally from Syangja,holds an M.Phil. in Sociology and an LL.B. degree. She is the Chairperson of the Central Executive Committee of the Human Rights and Peace Society (since 2081 B.S.). Over the years, she has held several key leadership roles within the organization, including General Secretary (2079–2081), Vice-Chairperson (2073–2077), Treasurer (2071–2073), Central Committee Member (2070–2071), and Coordinator of the Social Concern Department (2069–2071). Beyond her role in the Human Rights and Peace Society, Ms. Paudel is actively engaged in a range of social and professional initiatives. She has served as the Research and Campaign Coordinator at Public Policy Pathshala since 2072 and is a founding or executive member of several civic platforms, including Emerging Power Nepal, Creative Youth Leadership Forum Kirtipur, Sociological and Anthropological Forum Pokhara, and the Junior Red Cross Circle in Syangja. She is the co-author of Nepal Ko Mahila Aandolan (2072) and has edited and published numerous articles, journals, and papers focusing on human rights, women's rights, and contemporary social issues. As a legal expert, she contributed to the drafting of Nepal’s Public Health Act (2073) and has played an instrumental role in shaping public policies in the areas of education, health, social protection, environment, and climate change. Ms. Paudel brings extensive field experience, having worked in 70 districts across Nepal, and has participated in international learning and exchange programs in Bangladesh, Malaysia, Indonesia, Thailand, and India. She can be reached at +977-1-4520712 or via email at paudelrenuka88@gmail.com

Ram Krishna Baral

Former chairperson (2079 - 2081)

Homakanta Chaulagain

Former Chairperson (2067 - 2071)

Dr. Gangadhar Adhikari

Former Chairperson (2071 - 2075)

Uttam Pudasaini

Former Chairperson (2075 - 2077)

Latest Press Releases

Explore all our Press Releases for more content.

लोकतन्त्रलाई लयमा फर्काउन र सद्भाव प्रवर्द्धन गर्न आहवान गर्दै ५२ कार्यक्रम सम्पन्न

प्रेस विज्ञप्ति

लोकतन्त्रलाई लयमा फर्काउन र सद्भाव प्रवर्द्धन गर्न आहवान गर्दै ५२ कार्यक्रम सम्पन्न

फागुन २१ गते घोषित मितिमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई लयमा फर्काउन  र  सद्भाव प्रवर्द्धन गर्न  विशेष आहवान गर्दै मानव अधिकार तथा शान्ति  समाजको आयोजनामा २०८२ पुष २५ देखी माघ ७ गते सम्ममा नागरिक  सम्वाद र  सद्भाव र्याली/ प्रदर्शन सहित ५२ कार्यक्रम सम्पन्न भएको छ । 

यस क्रममा शान्ति समाजका  जिल्ला शाखाहरुद्वारा भरतपुर,गैडाकोट, बीरगन्ज,जलेस्वर,बिर्तामोड,इलाम,तेह्रथुम,खादवारी,  इटहरी र बिराटनगरमा पुष २९ देखी माघ ७ गते सम्म आयोजित  “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” बिषयक नागरिक संवाद कार्यक्रममा  शान्ति  समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख वक्ताको रुपमा र सभापति रेनुका पौडेलले विशिष्ट  वक्ताको रुपमा मन्तव्य व्यक्त गर्नु भएको थियो भने महासचिव प्रकाश शाहीले समाजद्वारा तयार गरिएको अवधारणा पत्र प्रस्तुत भएको थियो । नागरिक अगुवा कवि अर्जुन पराजुलीले मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो ।   उपसभापति लक्ष्मीनारायण मिश्र,केन्द्रीय सदस्य नम्रता खरेलले बिभिन्न जिल्लामा सम्पन्न कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसैगरी मधेशी नागरिक समाजको आयोजनामा सोही विषयमा  माघ ३ गते राजबिराजमा पुर्व प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको सभापतित्वमा, माघ २ गते लहानमा सिरहा बिकास मन्च को आयोजनामा नागरिक  अगुवा रामरिझन यादवको सभापतित्वमा र माघ २ गते नै सिरहामा प्राध्यापक चन्देश्वर यादवको सभापतित्वमा सम्पन्न अन्तरकृयात्मक गोष्ठिमा समाजका सस्थापक सभापति कृष्ण पहाडीले प्रमुख अतिथि  र सभापति रेनुका पौडेलले विशिष्ट अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुका साथै समाजद्वारा तयार गरिएको अवधारणा पत्र महासचिव प्रकाश शाही द्वारा प्रस्तुत भएको थियो । नागरिक अगुवा कवि अर्जुन पराजुलीले मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो ।  

पछिल्लो चरणमा देशका केही भागमा घटेका घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव, राजनीतिक सद्भावलाई  प्रवर्द्धन गर्न एवं हिंसा र घृणालाई खारेज गर्न  विशेष आहवान गर्दै शान्ति समाजको आयोजनामा  सस्थापक सभापति कृष्ण पहाडी,सभापति रेनुका पौडेल र नागरिक अगुवा अर्जुन पराजुलीसहितको सहभागितामा पुष ३० देखि माघ ७ गते सम्म  बीरगन्ज,कलैया, चन्द्रपुर, जनकपुर, सिरहा, लहान, राजबिराज, इनरुवा, इलाम, फिदिम, म्याङ्लुङ, खादवारी, हिले, इटहरी र बिराटनगर गरी १५ जिल्लामा  सद्भाव प्रवर्द्धन र्याली गरिएको थियो । साथै पुष २५ देखि सद्भाव प्रवर्द्धन आग्रहसहित शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा विभिन्न जिल्लामा  थप  २७ वटा प्रदर्शन भई सकेको छ ।

समाजका तर्फबाट
प्रकाश शाही
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
८ माघ २०८२

2026-01-22 11:53:46

दुई अभियान प्रक्षेपण

प्रेस विज्ञप्ति
सदभाव प्रवर्द्धन र घोषित मितिमै निर्वाचनका लागि दुई अभियान प्रक्षेपण 
सदभाव  प्रवर्द्धन र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न दवाव स्वरुप मानव अधिकार तथा शान्ति समाजले दुई वटा अभियान प्रक्षेपण गरेको छ । पुष २५ देखि सद्भाव  प्रवद्र्धनको आग्रहसहित शान्ति समाजका जिल्ला शाखाहरुले प्रदर्शन प्रारम्भ गरेका छन । शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सद्भाव हाम्रो जीवनधारा,सहिष्णुता हाम्रो स्वाभिमान भन्दै पुष २५ गते समाजको अछाम र सल्यान शाखाले र पुष २६ गते समाजको काठमाडौं, रुपन्देही, पाल्पा लगायत शाखाले प्रदर्शन गरेका छन ।

प्रदर्शनमा, समाजलाई तोड्न होईन जोड्नका लागि योगदान गरौं, समाज रुपान्तरणका लागि चालक शक्ति सदैब अहिंसा हुनुपर्छ, अराजकता होईन, हिंसा र घृणा खारेज गरौं, अहिंसा, शान्ति र सद्भाव प्रवर्द्धन गरौँ, दिगो शान्तिका लागि समुदायबीच सुमधुर सम्बन्ध अपरिहार्य, सहिष्णुता भनेको सम्मान हो, स्वीकारोक्ति हो, ग्रहणशीलता हो, बिबिधताको सराहना हो, धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव,राजनीतिक सद्भाव, स्थायी शान्तिको आधार नै सद्भाव, सामाजिक संजालको दुरुपयोग होईन,सदुपयोग गरौँ,घृणा र प्रतिशोध मुक्त सामाजिक संजाल,सामाजिक संजाललाई भ्रामक जंजालबाट मुक्त राखौं, सम्मृद्धिका लागि हिंसामुक्त नेपाल, हिंसाको कारक बन्ने आवेग माथि नियन्त्रण गरौँ, शान्तिको जगेर्ना गर्न बिबेक प्रयोग गरौं, अफवाहको पछाडी नलागौं भरपर्दो सुचनाको श्रोतमा बिश्वास गरौँ, उत्तेजना फैलाउनु अपराध हो, जिम्मेवार भएर सामग्री सम्प्रेषण गरौँ सामाजिक संजाल लगायत सूचना प्रविधिको बिबेक सम्मत प्रयोग गरौँ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । यसैगरी मानव अधिकार तथा शान्ति समाजले ३० जिल्लामा “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” बिषयक नागरिक संवाद कार्यक्रम  आयोजना गर्दैछ । पुष २९ गते चितवन बाट शुरु हुने कार्यक्रममा प्रमुख वक्ता समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल लगायत नागरिक अगुवाहरु सहित राजनीतिक समाज, नागरिक समाज, बुद्धिजीवीहरुको सहभागिता रहनेछ ।

समाजका तर्फबाट
प्रकाश शाही
महासचिव, मानव अधिकार तथा शान्ति समाज
केन्द्रीय कार्यसमिति
२६ पुष २०८२

2026-01-10 10:24:14

अमेरिकी कदमले गलत नजीर स्थापना

प्रेस विज्ञप्ति
अमेरिकी कदमले गलत नजीर स्थापना
३ जनवरी २०२६ मा अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई क्याप्चर गरेको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज आपत्ति व्यक्त गर्दछ ।
तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ ।
मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरो प्रति मानव अधिकार समुदायको असहमति रहिरहनेछ तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ ।
समाजका तर्फबाट
रेनुका पौडेल
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति
२२ पुष २०८२

2026-01-06 09:22:25

Upcoming Events

About Us

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते कृष्ण पहाडीको सभापतित्वमा स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । शान्ति समाज जगतमुखी जीवनमुखी सेवामुखी अभियानमा समर्पित छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्तवपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन । मानव अधिकार तथा शान्ति समाजले स्थापना कालदेखि नै आणविक अस्त्रको विश्वव्यापी उन्मुलन र युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान एवं हिमालय बचाउँ आन्दोलन समेत सञ्चालन गर्दै आएको शान्ति समाजले निर्धारित समयमै कार्यक्रम सुरू गर्ने परिपाटी बसालेको (समय आन्दोलन) छ । 

HURPES BuildingHURPES Building photo 2

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links